एमालेको घोषणा : ‘५ लाखलाई रोजगारी, न्यूनतम ज्याला २५ हजार’

लोकपथ
14
Shares

काठमाडौं । नेकपा एमालेले आगामी ५ वर्षमा ५ लाखलाई रोजगारी दिने घोषणा गरेको छ ।

आगामी निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्दै एमालेले ५ लाखलाई रोजगारी दिने साथै न्यनतम ज्याला २५ हजार रहने एमालेले जनाएको छ ।

२० ग्यारेन्टी अन्तर्गत १५औँ ग्यारेन्टीमा एमालेको घोषणापत्रमा भनिएको छ, ‘५ लाखलाई रोजगार न्यूनतम ज्याला २५ हजार’

त्यसैगरी सबै किसिमका सामाजिक सुरक्षा भत्ता वृद्धि गर्ने घोषणा समेत एमालेले घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?