सानिमा जीआईसी इन्स्योरेन्सको सीईओमा उपाध्याय नियुक्त

लोकपथ
84
Shares

काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी सुद्युम्न प्रसाद उपाध्यायले पाएका छन् ।
गत कार्तिक ७ गते बसेको कम्पनीको सञ्चालन समितिको बैठकले उपाध्यायलाई सीईओको रुपमा नियुक्त गरेको हो ।

जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनी नेपाल एक आपसमा गाभिएर सानिमा जीआईसी इन्स्योरेन्सको रुपमा एकीकृत कारोबार सुरु गरेको छ । कार्तिक ७ गतेबाट एकीकृत कारोबार सुरु गरेसँगै नयाँ सीईओको रुपमा उपाध्याय आएका हुन् ।
यसअघि उपाध्याय सानिमा जनरल इन्स्योरेन्सको सीईओ रहेका थिए ।

लामो समय बीमा क्षेत्रमा काम गरेका उपाध्यायले आफूले पाएको जिम्मेवारी कुशलतापूर्वक सम्हाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् । १ दशक भन्दा बढी समयदेखि वित्तीय क्षेत्रमा काम गरेको अनुभव भएका उपाध्याय २०७७ जेठबाट सानिमा जनरल इन्स्योरेन्सको सीईओको रुपमा नियुक्त भएका थिए । सानिमामा आउनुअघि उनले प्रिमियर इन्स्योरेन्सको सीईओ रहेका थिए ।

त्यसैगरी सञ्चालक समितिको अध्यक्षमा कुनाल कयालसहित समितिमा अन्य ६ जना नियुक्त भएका छन् । सञ्चालकहरुमा प्रकाशमान श्रेष्ठ, मिता मुरारका अग्रवाल, डा. हेमन्त कुमार दवाडी, सोनम ग्याछो र कृष्ण बोहरा नियुक्त भएका छन् ।

नयाँ कार्यसमिति र जोशसहित आगामी कार्यकाल सफल बनाउने सीईओ उपाध्यायले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?