म सांसद नहुँदा चितवनको विकास भएन : विक्रम पाण्डे

लोकपथ
91
Shares

चितवन । राप्रपाका वरिष्ठ उपाध्यक्ष एवम् पूर्वमन्त्री विक्रम पाण्डेले गत पाँच वर्ष संसदमा आफू नहुँदा चितवनको विकासको काम रोकिएको जिकिर गरेका छन्।

चुनावी अभियानका क्रममा भरतपुर–१६ को चौकी र वरमपुर को कार्यक्रममा बोल्दै नेता पाण्डेले मंसिर ४ मा हुने निर्वाचनमा न्यायप्रेमी तथा विकासप्रेमी नेतृत्व छान्न आग्रह समेत गरेका छन्।

चितवन क्षेत्र नं ३ बाट राप्रपाका उम्मेदवार रहेका पाण्डेले आफू राजनीति गर्न भन्दा नि विकास गर्न बताए

‘गएको पाँच वर्ष संसदमा मेरो उपस्थिति नहुँदा विकासको काम रोकियो,’ पाण्डेले भने, ‘यसले चितवनबासी आम जनताले घाटा मात्रै व्यहोर्नु पर्यो । त्यसैले अबको नेतृत्वमा विकासवादी नेतृत्व छान्ने हो भने आगामी पाँच वर्ष पछुताउनु पर्दैन ।’

उनले राजनीतिक परिवर्तनको नाममा ठुला दलहरुले भएका उद्योगधन्दा तथा कलकारखाना कौडिको मोलमा बिक्रि गरेर युवाहरुलाइ विदेशिन बाध्य वनाएको र त्यहाँबाट आउने रेमिट्यान्समा तर मारेर बसेको आरोप समेत लगाए ।

गठवन्धनको नाममा जनता को मताधिकार लाई अंकुस लगाएर स्वविवेकीय निर्णय गर्न रोकेर ठुला दलहरुले प्रजातन्त्रको आधार स्तम्भ माथिनै प्रहार गरेको उनको आरोप छ । ्

कार्यक्रममा पार्टीका पाण्डेसहित केन्द्रीय सदस्य जनक राज पाठक लगायतले मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?