ह्यालोविनमा भागदौडपछि भीड व्यवस्थापन गर्न राष्ट्रपतिको आह्वान

लोकपथ
35
Shares
South Korea’s president-elect Yoon Suk-yeol speaks during a news conference at the National Assembly in Seoul on March 10, 2022, the morning after his victory in the country’s presidential election. (Photo by KIM HONG-JI / POOL / AFP) (Photo by KIM HONG-JI/POOL/AFP via Getty Images)

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले भीडबाट हुने दुर्घटना रोक्न उपर्युक्त सुरक्षा उपाय चाल्न आह्वान गरेका छन् ।

राजधानी सीउलमा ह्यालोविन उत्सव मनाउने क्रममा १५५ जनाको मृत्यु भएपछि उनले मंगलबार यस्तो आह्वान गरेका हुन् । मन्त्रिपरिषद्को बैठकको अध्यक्षता गर्ने क्रममा उनले उत्सवमा हुन सक्ने सम्भावित भागदौड व्यवस्थापन गर्न जोड दिएका हुन् ।

सयौं पसल र पार्टी रहेको इटावोनमा शनिबार राति करिब १ लाख भीड जम्मा भएको थियो। एउटा महत्वपूर्ण बजारमा भएको उक्त भागदौडमा दर्जनौँ घाइते भएका छन् ।

भागदौडमा घाइते हुनेहरुमा अधिकांश २० देखि ३० वर्षका युवा युवती छन् । कोभिड प्रतिबन्धका कारण दुई वर्षसम्म हुन नसकेको ह्यालोविन उत्सबमा प्रतिबन्ध फुकुवासँगै यस वर्ष मानिसहरुको ठूलो उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?