सशस्त्र प्रहरीका दुई जना नायब निरीक्षक निलम्बित

लोकपथ
105
Shares

काठमाडौं । सशस्त्र प्रहरीले आचारण विपरित काम गर्ने दुई जना सशस्त्र प्रहरी नायब निरीक्षकहरुलाई निलम्बन गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक गोविन्द सुवेदी र सशस्त्र प्रहरी बल नेपाल बिओपी छिन्नमस्ता सप्तरीमा कार्यरत कृष्ण बहादुर मगरलाई निलम्बन गरिएको हो ।

उनीहरुमाथि निलम्बनसँगै विभागीय कारवाही प्रक्रिया अगाडि बढाइएको छ । सुवेदीले गत कार्तिक ४ गते निर्वाचन सुरक्षा वेश स्थापनाको लागि सशस्त्र प्रहरी कर्मचारीहरु पुर्‍याएर कार्यालय फर्कने क्रममा सवारी दुर्घटना भएको थियो ।

त्यस्तै, गत असोज २० गते भारतीय भूमिमा मृत अवस्थामा फेला परेका सशस्त्र प्रहरी सहायक निरीक्षक सत्य नारायण यादवको घटनामा प्रारम्भिक छानबिन गर्दा विभागीय नीति तथा आदेश विपरीत कार्य गरेको देखिएकाले मगरलाई पनि निलम्बन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?