मुलुकको समृद्धिका लागि गठबन्धन : कांग्रेस नेता महर

लोकपथ
0
Shares

डडेल्धुरा । नेपाली कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले मुलुकको समृद्धिका लागि गठबन्धन गरिएको बताएका छन् । चुनाव प्रचारका क्रममा डडेल्धुरा पुगेका महरले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती व्यभीचारी शासनको पुनरावृत्ति हुन नदिन पनि गठबन्धन भएको जिकिर गरेका हुन् ।

‘संविधान नै च्यात्न खोजेपछि वर्तमान गठबन्धन बनेको हो । त्यो कांग्रेसको रहर होइन । देशलाई दुर्घटनाबाट जोगाउन गठबन्धन गर्नुपरेको बाध्यात्मक अवस्था थियो । गठबन्धन बनेपछि मुलुक ठूलो दुर्घटनामा जानबाट जोगिएको छ । त्यसैले गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउनु होला’, महरले भने ।

डडेल्धुरामा प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध लड्न उम्मेदवारी दिएकाहरूको जमानत जफत हुने महरको दाबी छ । महरले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन कुनै एक क्षेत्रको विकासका लागि मात्र नभई समग्र मुलुकको विकासका लागि हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?