इरानमा प्रदर्शन : १ हजार जनालाई अभियोग

लोकपथ
39
Shares

काठमाडौं । इरानमा करिब १ हजार जनालाई सरकारविरोधी प्रदर्शनका सम्बन्धमा अभियोग लगाइएको छ । केही सातादेखि भएको सरकारविरोधी प्रदर्शनले इरानको जनजीवन प्रभावित भएको छ । सुरक्षा गार्डको हत्या र आगजनी सहित ‘तोडफोडका कार्यहरू’ को आरोपमा उनीहरुमाथि मुद्दा चलाइएको थियो ।

सरकारी अधिकारीहरूले राष्ट्रव्यापी रूपमा कति जनालाई गिरफ्तार गरेका छन् भन्ने खुलाएका छैनन्, तर अधिकारकर्मीहरूले कुल १४ हजार जनालाई पक्राउ गरिएको दाबी गरेका छन् । सुरक्षाकर्मीले हत्या गरेका दुई किशोर प्रदर्शनकारीलाई उत्तरपूर्वी इरानमा गाडिएपछि अधिकारकर्मीहरुको यस्तो घोषणा आएको हो ।

कुर्दिश मानवअधिकार समूह हेंगाका अनुसार १६ वर्षीय कुमार दारोफ्तेहलाई पिरानशहर सहरमा भएको प्रदर्शनमा नजिकैबाट गोली प्रहार गरिएको थियो र आइतवार राति अस्पतालमा उनको मृत्यु भएको थियो । सोमबार उनको अन्त्येष्टिमा सहभागीहरुले सरकारविरुद्ध नाराबाजी गरेका थिए । दक्षिणमा सनन्दज सहरमा अर्को भीड १६ वर्षीय सरिना साईदीको अन्तेष्टिमा भेला भएको थियो ।

उनको पनि सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएको प्रदर्शनकारीले बताएका छन् । तर, सरिनाका बुबाले सुरक्षा बललाई जोगाउन उनको मृत्यु आत्महत्याका कारण भएको भन्न बाध्य पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?