सन्दीपविरुद्ध आजदेखि थुनछेक बहस

लोकपथ
0
Shares

नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा मंगलबारदेखि थुनछेक बहस हुने भएको छ । लामिछानेविरूद्ध सोमबार सरकारी वकिलको कार्यालय काठमाडौंले अदालतमा मुद्दा दर्ता गराएको थियो ।

प्रहरी वृत्त गौशालाले उनीविरूद्ध अनुसन्धान सकेर कात्तिक ४ गते नै सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

प्रहरीले उनीविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ को ‘जबरजस्ती करणी गर्न नहुने’ शीर्षकमा अनुसन्धान गरेको थियो ।

प्रहरीका अनुसार, त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्षसम्म कैद सजाय मागदाबी समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?