‘नो, नट’ अभियानलाई रोक लगाउने आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट

लोकपथ
0
Shares

काठमाडौं । निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । शिखर ल एशोसियटसका प्रमुख अधिवक्ता अनिल आचार्यले ‘नो नट’ अभियानलाई रोक लगाउने गरी निर्वाचन आयोगको निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

आयोगले ‘नो नट’ अभियानको सन्दर्भमा विज्ञप्ति जारी गरी जानताको मनोबिज्ञानलाई नै त्रसित पार्ने गरी स्वतन्त्रता तथा सञ्चारको हक माथि बन्देज खोजेको रिट निवेदनमा भनिएको छ ।

उक्त कार्यबाट म र सार्वभौम जनताको संविधान प्रदत्त मौलिक हक माथि बन्देज लगाउने र उक्त कार्यबाट निवेदक समेतलाई अपुरणीय क्षती हुने भएकोले उक्त मितिः२०७९/७/८ गतेको निर्वाचन आयोगको पत्र हाल कार्यान्वयन नगर्नु भनि विपक्षीहरुको नाममा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेश समेत जारी गरीपाऊ’, निवेदनमा भनिएको छ । मुद्दाको पेशी मंगलबारका लागि तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?