उम्मेदवारलाई फसाउने नियतले उजुरीहरु आए : आयुक्त भण्डारी

लोकपथ
39
Shares

काठमाडौं । निर्वाचन आयोगमा केही उजुरीहरु उम्मेदवारलाई फसाउने नियतका साथ आएको पाइएको छ । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कतिपय उजुरीहरु अरुलाई फसाएर फाइदा लिने गरी झुटा विवरणहरुसहित आएको बताएका हुन् ।

सोमबार उनले आयोगमा सोसम्बन्धि १ सय ५० वटा उजुरी रहेको र करिव ५० वटा उजुरी भने कारबाहीका लागि योग्य रहेको स्पष्ट पारे । निर्वाचन आयुक्त भण्डारीले विगतको निर्वाचनहरुमा भन्दा अहिले हुन गईरहेको निर्वाचनमा आचारसंहिता उलंघनको घटना कम देखिएको समेत बताए ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको उलंघनको घटनाको उजुरीमाथि छानवीन गर्ने क्रम जारी रहेको पनि जनाएको छ । आगामी मंसीर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । निर्वाचन आयुक्त भण्डारीले निर्वाचन आचारसंहिता उलंघन हुन नदिने गरी अनुगमनको आवश्यक व्यवस्था मिलाइएको पनि बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?