तीन पार्टीको घोषणापत्र सार्वजनिकदेखि ईश्वरले आचारसंहिता उल्लंघन गरेसम्मका समाचार (भिडियोसहित)

लोकपथ
28
Shares

१.आगामी कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म उम्मेदवारहरुले जुलुस, आमसभा र कोणसभा गर्न पाउने, सभा गर्दा लागेको खर्च विवरण मतदान सम्पन्न भएको १५ दिनभित्र उम्मेदवारले निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने ।

२.नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र र राप्रपाले गरे निर्वाचन घोषणापत्र सार्वजनिक, प्रदेश संरचना खारेजदेखि भ्रष्टाचारमुक्त सरकार बनाउनेसम्मका एजेण्डा ।

३.त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएका अन्तर्राष्ट्रिय चार्टर्ड उडान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय, कूटनीतिक चार्टर्ड उडान, कार्गो उडान र सेनाका उडान भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै हुने ।

४.आसन्न निर्वाचनबाट देशमा परिवर्तन चाहने शक्तिको जित हुने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाइ, निर्वाचनपछि देशमा एमाले नेतृत्वको सरकार बन्ने दाबी ।

५.नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं प्रतिनिधि सभा क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेलद्वारा आचारसंहिता उल्लंघन, मतदातालाई प्रभावित पार्ने हेतुले चुनावको मुखमा बाँडे बाजागाजा

६.विकास योजनाका काममा जनतालाई भ्रम सिर्जना गरी आतंकित नपार्न एमाले उपाध्यक्ष विष्णु पौडेलले गरे आग्रह, राजनीतिक स्वार्थपूर्तिका लागि जनतालाई आतंकित बनाउनु गलत भएको जिकिर ।

७.भक्तपुरको कमलविनायक–नगरकोट सडक विस्तारको ठेक्का लिएको ठेकेदार कम्पनीले सातौंपल्ट म्याद थप्दासमेत अझै सकेन काम, स्थानीय पर्यटन व्यवसायीले माटो थुपारेर गरे सडक अवरुद्ध ।

८.मोरङको उर्लाबारीमा छठ पूजा हेर्न गएका झापाका १४ वर्षीय दियुस श्रेष्ठको छुरा प्रहार गरी हत्या, घटनामा संलग्न चार जना नियन्त्रणमा, फरारहरुको खोजी कार्य जारी ।

९.देशभित्र खपत र निर्यात बढाउन विद्युतीय पूर्वाधार विस्तार गर्दै विद्युत प्राधिकरण, भारत र बंगलादेशमा विद्युत निर्यातका लागि थप प्रसारण लाइन पूर्वाधारको निर्माण गरिने ।

१०.चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालमा २७ अर्ब ४१ करोड रुपैयाँको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयात, सोहि अवधिमा साढे ६२ अर्बको पेट्रोल, डिजेल र ग्यास नेपाल भित्रियो ।

११.तिहारपछिको पहिलो कारोबार दिन सेयर बजारमा सामान्य अंकको वृद्धि, राताम्य भएर बन्द भएको नेप्से खुलेको पहिलो दिन नै १६ दशमलव ३९ अंकले बढेर १ हजार ८ सय ७४ दशमलव ८७ को बिन्दुमा पुग्यो ।

१२.फिलिपिन्समा आएको शक्तिशाली आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ९८ पुग्यो, आँधीमा परि ६९ जना घाइते, ६३ जना अझै बेपत्ता ।

१३.गुजरातमा झोलुंगे पुल चुँडिदा १४० जनाको मृत्यु, १७७ जनाको उद्दार, क्षमताभन्दा बढी मानिस रहेका कारण पुल चुँडिएको प्रारम्भिक अनुमान ।

१४.नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामेछानेविरुद्ध जबर्जस्ती करणीको अभियोगपत्र अदालतमा दायर, १० देखि १२ वर्षसम्म कैद सजाय माग ।

१५.र, मुलपानी क्रिकेट मैदानमा जारी पिएम कप क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशका कप्तान विपिन खत्री चम्किँदा सुदूरपश्चिम प्रदेश ६९ रनले पराजित, १० ओभर बलिङ गरेका खत्रीले ४३ रन खर्चेर लिए ४ विकेट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?