चाडपर्व पश्चात् पनि बिओकेको २५ प्रतिशतसम्मको नगद फिर्ता योजना

लोकपथ
39
Shares

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले नेपालीहरुको महान चाडहरु दसैँ, तिहार, नेपाल संवत् ११४३ तथा छठमा आफ्ना ग्राहकहरुलाई आवश्यक सरसामान खरिद गर्दा सुबिधा होस् भन्ने उद्देश्यले सञ्भालनमा ल्याएको २५ प्रतिशतसम्मको क्यासब्याक योजनालाई यथावत राख्ने बताएको छ । चाडपर्वहरुमा मात्र नभई चाडपर्व पश्चात् पनि आफ्ना ग्राहकहरुलाई मोबाईल बैंकिङ्गबाट क्यूआर स्क्यान गरी विद्युतिय भुक्तानी कारोबारमा २५ प्रतिशतसम्मको नगद फिर्ता योजना बैंकले सार्वजानिक गरेको हो ।

योजना अन्तर्गत बैंकको मोबाईल बैंकिङ्गमार्फत प्रथम पटक क्यूआर स्क्यान गरी कारोबार गर्नुहुने ग्राहकहरुले नगदफिर्ता योजना अवधिको प्रथम कारोबार रकमको २५ प्रतिशत वा एक सय ५० रुपैयाँसम्मको नगद फिर्ता पाउन सक्ने छन् । यस नगदफिर्ता योजना कार्तिक १५ गते मंगलबारबाट कार्तिक ३० गते बुधबारसम्म मात्र रहने बताइएको छ ।

एक साता अवधि रहेको उक्त योजनाको फाइदा लिन बैंकले ग्राहकहरुलाई आग्रह पनि गरेको छ । ग्राहकहरुलाई विद्युतिय भुक्तानी कारोबार गर्न थप प्रोत्साहित गराउने प्रयोजनले चाडपर्वहरुमा मात्र नभई बैंकले चाडपर्व पश्चात् पनि २५ प्रतिशतसम्मको नगद फिर्ता योजना सार्वजानिक गरेको बैंकले जनाएको छ ।

विद्युतीय कारोबारमा बैंकका ग्राहकलाई उत्प्रेरित गर्ने हेतुले बैंकले विभिन्न ईकमर्स प्लेटफर्महरु, विभिन्न होटलहरु, रेस्टुरेन्टहरु, फिटनेस सेन्टरहरु, स्टोरहरु, अस्पतालहरु, स्वास्थ्य क्लिनिकहरु, ईन्स्टिच्युटहरुमा छुटहरु प्रदान गरीरहेको र भविष्यमा पनि विभिन्न नगद फिर्ता तथा छुटको योजनाहरु ल्याई ग्राहकहरुलाई लाभान्वित बनाउन बैंक प्रतिवद्ध जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?