उम्मेदवारी खारेजीविरुद्ध डा. तोसिमा कार्की सर्वोच्चमा, भोलि पेशी

लोकपथ
56
Shares

काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेसँगै डा. तोसिमा कार्की अदालत गएकी छिन् ।

ललिपुर क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवारी दिएकी कार्कीको उम्मेदवारी आयोगले खारेज गरेको थियो ।

लाभको पद धारण गरेको भन्दै आयोगले खारेज गरेसँगै त्यसको विरुद्ध कार्की सोमबार सर्वोच्चमा रिट दायर गरेकी हुन् । उनको रिटको मंगलबारका लागि पेशी तोकिएको थियो ।

कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित केन्द्रीय सदस्य हुन् । काउन्सिलको बैठक भत्ता बुझ्ने गरेको भन्ने आधारमा आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो । यता कार्कीले भने आफूले आयोगलाई सो बारेमा जानकारी गराउँदा समेत आयोगले कुनै प्रतिकृया नदिएको दाबी गर्दै आएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?