३ भाद्र २०७९, शुक्रवार

काँग्रेस ताप्लेजुङले उम्मेदवारको टुंगो लगायो

२०७४,कार्तिक,१,बुधबार १५:१७

0
Shares

ताप्लेजुङ, १ कात्तिक- नेपाली काँग्रेसले ताप्लेजुङबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रत्यक्षतर्फ लड्ने उम्मेदवारको नाम टुंगो लगाएको छ ।मंगलबार बसेको काँग्रेस संसदीय समितिको बैठकले मंसिर १० र २१ गते हुने निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारको टुंगो लगाएको हो । बैठकको निर्णयअनुसार प्रदेशसभाअन्तर्गत क्षेत्र नं १ मा लीलादेवी बोखिम र २ मा दीपेन्द्रकुमार सेन्दाङलाई उम्मेदवार बनाउने भएको छ भने प्रतिनिधिसभामा केशवप्रसाद दाहालको नाम टुंगो लागेको छ ।यता, नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० बीचको गठबन्धनबाट प्रतिनिधिसभा निर्वाचनमा एमालेका सचिव योगेश भट्टराईले उम्मेदवारी दिने सहमति भएको छ । यस्तै प्रदेशसभाका दुई क्षेत्रमध्ये क्षेत्र नं १ मा एमाले जिल्ला कमिटी अध्यक्ष समेत रहेका बलबहादुर साम्सोहाङ र २ मा माओवादी केन्द्रलाई दिने सहमति भएको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,१,बुधबार १५:१७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले आफ्नो पार्टीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने गरी तयारी गरिरहेको बताएका

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् गर्दै देशलाई चाँडोभन्दा चाँडो समृद्ध तुल्याउनेतर्फ सरकार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा फिर्ता पठाइएको नागरिकता विधेयकको बारेमा कानूनविद्हरुसँग छलफल गरेकी छन् । प्रतिनिधि सभाको बैठकमा फिर्ता

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले स्वास्थ्य क्षेत्रको जनशक्ति विकासका लागि अल्पकालिन र दीर्घकालीन योजनाहरु बनाउने काममा विशेष ध्यान दिन सरकारलाई

ताजा समाचार

जुम्लाबाट ‘प्रकाश’को वर्ल्ड प्रिमियर
 २०७९,भाद्र,३,शुक्रवार १६:०१