नेविसंघ रसुवाको अध्यक्षमा अधिकारी

लोकपथ
126
Shares

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) रसुवाको अध्यक्षको जिम्मेवारी शालिकराम अधिकारी ‘सन्तोष’ ले पाएका छन् ।

आइतबार नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले अधिकारीलाई अध्यक्षको जिम्मेवारी दिएका हुन् ।

लामो समय नेविसंघमा काम गरेका अधिकारी यसअघि रसुवाको उत्तरगया गाउँपालिका वडा नं २ का वडासदस्य समेत भएका थिए ।

नेपालटारमा रहेको ग्रामीण आदर्श बहुमुखी क्याम्पसको उपाध्यक्ष बनेर काम गरिसकेका अधिकारी नेविसंघ रसुवाको जिल्ला उपाध्यक्ष समेत बनेका थिए ।

यसअघि कार्यबाहक अध्यक्ष रहेका अधिकारी निर्वाचनको मुखमा पाएको जिम्मेवारीलाई कृशलतापूर्वक ढंगले निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसअघि नेविसंघ रसुवाको अध्यक्ष शशि अधिकारी रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?