समाजलाई बुझेर न्याय निरुपण गरे कसैलाई पनि अन्याय हुँदैन्

लोकपथ
13
Shares

काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले समाजलाई बुझेर न्याय निरुपण गर्ने हो भने कसैलाई पनि अन्याय नहुने बताएका छन् । सोमवार काठमाडौंमा ‘हिम्मतवाली आमा डम्बरकुमारी’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै कायममुकायम प्रधानन्यायाधीश कार्कीले समाज बुझेर न्याय निरुपण गर्ने हो भने न्याय निरुपण सही हुने बताए । उनले समाज नबुझिकन गरिएको न्याय कानूनको अक्षरमा मात्रै सिमित हुने उल्लेख गरे ।

डम्बरकुमारी तिम्सिनाको संस्मरणात्मक ‘हिम्मतवाली आमा डम्बरकुमारी’ कृतिले न्याय सम्पादनमा पनि सहयोग पुर्‍याउने विश्वास उनले व्यक्त गरे । त्यस्तै, समाजसेवी अनुराधा कोईरालाले महिलाहरु एक ठाउँमा उभिएर चुनौतीहरुको सामना गर्ने हो भने अहिले भइरहेको समस्याहरु कम गर्न सकिने बताए।

उनले अहिलेको समाजमासमेत छोराछोरीमा विभेद हुने गरेको भन्दै छोराछोरीमाथि हुने विभेदलाई समाजबाट हटाउन जरुरी रहेको बताए । उनले महिलाहरुलाई भित्रबाट बलियो बनायो भने कपडा जस्तो लगाएपनि हुने बताए ।

होस्ट राइटिङ नेपालले प्रकाशन गरेको पुस्तक ‘हिम्मतवाली आमा डम्बरकुमारी’ लाई यशोदा तिम्सिनाले सम्पादन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?