तिहार र छठपछि सेयर बजारमा देखियो सुधार, आज १६.३९ अंकको वृद्धि

लोकपथ
26
Shares

काठमाडौं । तिहारअघि एक साता नै राताम्य भएर बन्द भएको सेयर बजार परिसूचक (नेप्से) आजबाट खुलेको छ । तिहार र छठ पर्वको बीचमा बन्द रहेको बजार खुलेको पहिलो दिन आज (सोमबार) १६ दशमलव ३९ अंकले बढेर १ हजार ८ सय ७४ दशमलव ८७ को बिन्दुमा पुगेको छ ।

आज शुन्य दशमलव ८८ प्रतिशतले नेप्से बढ्दा आज कुल २ सय २४ वटा कम्पनीको कुल २५ लाख ७४ हजार ९ सय ७५ कित्ता सेयर कारोबार भएको छ । त्यस्तै सेनसेटिभतर्फ ४ दशमलव ९३ अंकको वृद्धिहुँदै ३ सय ७० दशमलव ८६को विन्दुमा पुगेको छ ।

सेनसेटिभ १ दशमलव ३५ प्रतिशतले बढ्दा कारोबार रकम भने ६९ करोड ७३ लाख १७ हजार ६ सय ११ रुपैयाँमा पुगेको छ । आज विकास बैंकबाहेक अन्य सबै समूहमा हरियाली छाएको छ । सयपत्री हाइड्रोपावर आज नाफा कमाउने कम्पनीको शिर्ष स्थानमा रहँदा अपर हेवाखोला हाइड्रो कम्पनी धेरै गुमाउने संस्थाको शिर्ष स्थानमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?