अर्को वर्षको कात्तिकमा मात्रै सञ्चालन हुने भयो माथिल्लो तामाकोशी जलविद्युत आयोजना

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले अर्को वर्ष मात्र विजुली उत्पादन गर्ने भएको छ । 

स्वदेशी लगानीमै सबैभन्दा ठूलो ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले अर्को वर्षको कात्तिकमा मात्र विजुली उत्पादन गर्ने भएको हो । 

लक्ष्यअनुसार आगामी पुषमा तामाकोशीको पहिलो युनिट सञ्चालनमा आइसक्नुपर्ने थियो । गएको वैशाखमै यो आयोजनाका ६ वटै युनिट सञ्चालन गरिसक्ने योजना थियो ।

तर, काममा ढिलाई भएपछि २०७६ सालको असारमा मात्र सुरुङमा पानी पठाउने र आउँदो वर्षको कात्तिक ३ गते मात्र व्यापारिक रुपमा विद्युत सञ्चालन हुने आयोजनाले जनाएको छ ।  प्राधिकरणले २०७३ सालको असारमा सक्ने जनाएको थियो । 

आयोजना निर्माण गर्दा ३५ अर्ब २९ करोड  लागत अनुमान थियो यो बढेर ४९ अर्ब २९ करोड पुग्ने माथिल्लो तामाकोसी हाइड्रो पावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले जानकारी दिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?