हिमालयन बैंकद्वारा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई सहयोग

लोकपथ
26
Shares

काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई चार लाख त्रिपन्न हजार आठ सय ४० रुपैयाँ मुल्य बराबरको १२ थान बारकोड रिडर र १२ थान प्रिन्टर सहयोग स्वरुप प्रदान गरेको छ ।

सो बारकोड रिडर र प्रिन्टर बैंकले अस्पतालको भुक्तानी काउन्टरमा आउने सेवाग्राहीहरु लाई सहजता होस् भन्ने मनसायले एक समारोहबीच प्रदान गरेको हो । बारकोड रिडरको कमिले गर्दा भुक्तानी काउन्टरका कर्मचारीहरुले सेवाग्राहीहरुको विवरण पटक–पटक प्रविष्ट गर्नुपर्नाले बढी समय लाग्ने भएको हुँदा उक्त झन्झटबाट मुक्त भई सेवाग्राहीको समय बचतहोस् र छिटो सेवा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यले बैंकले उक्त समाग्रीहरु प्रदान गरेको हो ।

सहयोगका सामाग्रीहरु बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले अस्पतालका कार्यकारी सञ्चालक प्रोफेसर डाक्टर दिनेश काफ्लेलाई हस्तान्तरण गरेका हुन । सो समारोहमा बैंक तथा अस्पतालका अन्य पदाधिकारी एवम् कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?