अभिनेत्री प्रियंका र निक जोनस ‘डान्स रियालिटी शो’मा देखिदै

काठमाडौं । अभिनेत्री प्रियंका चोपडा र उनका प्रेमी निक जोनस ‘डान्स रियालिटी शो’ डान्स प्लसमा देखिने केही अगाडि समाचार बाहिर आएको थियो । दुबै रेमो डीसुजाका साथ कार्यक्रममा जर्ज पयानलमा देखिने समाचारमा उल्लेख थियो । 

तर अहिले प्रियंका र निक नै शोमा सहभागी नहुने खबर बाहिर आएको छ । प्रियंका र निक अहिले बिबाह तयारीमा लागेका कारण शोमा सहभागी हुन नसक्ने बताइएको छ ।

प्रियंका र निक क्रिसमसमा प्रसारण हुने स्पेशल एपिसोडमा सहभागी हुने चर्चा थियो । आयोजकले सुटिङको तयारी समेत गरेका थिए । तर, अहिले सुटिङ प्लानिङ क्यान्सिल भएको छ ।

प्रियंका र निक अहिले बिबाहका लागि बिबाह भेन्यु फाइनलमा लागेका छन् । यी दुबैले १ डिसेम्बरमा बिबाह गर्ने तय गरेका छन् । 

प्रियंकाले बिबाह राजस्थानमा गर्ने खबर अहिले बाहिर आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?