एकीकृत समाजवादीको घोषणापत्र : विदेशबाट फर्केका युवालाई १० लाखसम्म निर्ब्याजी ऋण

लोकपथ
70
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आसन्न निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सोमबार एकीकृत समाजवादीले घोषणापत्र सार्वजनिक भएको हो ।

एमालेबाट टुक्रिएर बनेको एकीकृत समाजवादी सार्वजनिक घोषणापत्र पहिलो हो । पहिलो घोषणापत्र सार्वजनिक गरेको एकीकृत समाजवादीले विदेशबाट फर्किएरका युवालाई १० लाख रुपैयाँसम्म निर्ब्याजी ऋण उपलब्ध गराउने घोषणा गरेको छ ।

मिनभवनस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममार्फत सार्वजनिक गरिएको घोषणापत्रमा विदेशबाट फर्किएका युवालाई कृषि पेशामा आकर्षित गर्न उद्देश्यले १० लाखसम्म निर्ब्याजी ऋण दिने उल्लेख गरिएको छ ।

यसका लागि अभियान नै थाल्ने घोषणा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?