‘पीपीएल’ क्रिकेट : विराटनगर टाइटन्सद्वारा बुटवल ब्लास्टर्सलाई १ सय ४१ रनको चुनौती

पोखरा । जारी  पोखरा प्रिमियर लिग ‘पीपीएल’ क्रिकेट प्रतियोगिता अन्तर्गत विराटनगर टाइटन्सले बुटवल ब्लास्टर्सलाई १ सय ४१ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । 

पोखरा रंगशालामा बुधवार भएको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगर टाइटनसलेले  निर्धारित २० ओभरमा ७  विकेट गुमाउँदै १ सय ४० रनको योगफल तयार पारेको थियो । 

विराटनगरका लागि मोहम्मद जायद आलमले अर्धशतकिय पारी खेले । उनले ४५ बलमा ६ चौका र ५ छक्काको मदतमा ७२ रनको महत्वपूर्ण योगदान दिए । त्यस्तै प्रदीप ऐरीले ४१ रन बनाए । राजु रिजालले ८ रन  जोड्न सफल भए भने राजेश पुलामी १ रनमा नै पेभेलियनमा फर्किए । 

पहिलो विकेटको रुपमा सुनिल धमला शुन्य रनमा नै आउट भए । जितेन्द्र सिंह ठकुरी २ रनमा तथा  पुष्प थापा ४ रनमा अविजित रहे । बुटवलका ललितसिंह भन्डारीले २ तथा विपीन खत्री, मोहम्मद संसाद शेख र सागर पुनले समान १-१ विकेट लिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?