ह्यामर हमलापछि हामी आघात भएका छौँ : न्यान्सी पेलोसी

लोकपथ
49
Shares

काठमाडौं । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीले आफ्ना श्रीमानमाथिको हमलका कारण आफू आघात भएको बताएकी छिन् ।

तर, उनको उपचारमा भएको तदरुकताप्रति भने सभामुख पेलोसी र उनको परिवार आभार व्यक्त गरेका छन् । यही शुक्रबार पल पेलोसीलाई उनकै सान फ्रान्सिस्कोस्थित घरमा एक जना पुरुषले ह्यामरले सांघातिक हमला गरेका थिए । ८२ वर्षीय पलको स्वास्थ्य अवस्थामा निरन्तर सुधार आएको न्यान्सीले बताएकी छिन् । आक्रमणका कारण उनको टाउकोको हड्डी भाँचिनुका साथै दायाँ पाखुरा र हातमा चोट लागेको छ । जीवन बचाउने उपचारका लागि उनी अस्पतालमा उपचारार्थ छन् ।

संदिग्ध डेभिड डिपापेले उनलाई आक्रमण गर्नअघि पललाई भेट्न आएको बताएका थिए । यस हमलाले ८ नोभेम्बरमा हुने मध्यावधी निर्वाचनको पूर्वसन्ध्यामा एक प्रकारको त्रासदी सृजना गरेको छ । आक्रमणको समयमा सभामुख पेलोसी वासिंगटनमा थिइन् । आक्रमण लगत्तै श्रीमानको अवस्था बुुझ्न उनी अस्पताल पुुगेकी थिइन् । एक विज्ञप्तिमा पेलोसीले प्रार्थना र न्यानो शुभकामनाले पेलोसीले स्वास्थ्य लाभ गरिरहेको उनले बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?