ईश्वरले मिचे आचारसंहिता : मतदाता प्रभावित पार्न चुनावको मुखमा बाँडे बाजा

लोकपथ
2.9k
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं प्रतिनिधि सभा क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेलले चुनावको मुखमा बाजागाजा बाँडेका छन् । मतदातालाई प्रभावित पार्ने हेतुले निर्वाचन आचारसंहिता विपरित पोखरेलले टोखा सांस्कृतिक संरक्षित क्षेत्र भित्रका भजन खलःलाई बाजागाजा हस्तान्तरण गरेका हुन् ।

पोखरेलले संरक्षण क्षेत्र भित्रका ६ वटा भजन खललाई सांस्कृतिक बाजागाजा बाँडेका हुन् । पोखरेलले मादल, मुजुरा, ढोलक, तबला लगायतका बाजागाजा दिएका थिए । जसलाई भजन खलः मा आवद्धहरुले नै खुलासा गरेका छन् ।

‘टोखा सांस्कृतिक संरक्षित क्षेत्र भित्रका हाम्रो मुर्त अमुर्त साँस्कृतिक सम्पदाहरू संरक्षण गर्दै आइरहेका ५ वटा दाफा भजन खलः र १ वटा भजन खलः लाई तात्कालीन समयमा नेपाल सरकारका कार्यवाहक प्रधानमन्त्री रहेका यसै क्षेत्रका सांसद ईश्वर पोखरेलले सबै खलः लाई आवश्यक साँस्कृतिक बाजा गाजा हस्तान्तरण गरेको र चतुरमास भजन कृतन अवलोकन गर्न आउनु भएको केही तस्बिरहरु,’ सत्यनारायण डंगोलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘हामी आभारी छौं ।’

निर्वाचन आयोगका एक अधिकारीका अनुसार आचारसंहिता लागू भइसकेपछि दल र उम्मेदवारले मतदाता प्रभावित हुने क्रियाकलाप गर्नु निर्वाचन आचारसंहिता विपरित हुन्छ । उनले एमाले वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवारविरुद्ध उजुरी परे आवश्यक कारवाही गरिने पनि जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?