तिहारलाई लक्षित गर्दै इसेवाले ल्यायो ‘स्किम’, हवाई टिकट काट्दा क्यासब्याक पाइने

काठमाडौं। ‘इसेवा फोन पे’ले तिहारलाई लक्षित गर्दै हवार्इ टिकटमा विभिन्न ‘स्किम’ ल्याएको छ । 

यो ‘स्किम’ अन्तर्गत तीन जना भाग्यशाली विजेताको घोषण गर्ने कम्पनीले जनाएको  हो । कम्पनीका अनुसार एयरलाइन्स् टिकट काट्नेहरूमध्येबाट एक  विजेता छनोट गरि पहिलो पुरस्कार स्वरुप शत प्रतिशत क्यासब्याक, दोश्रो पुरस्कारमा ५० प्रतिशत रकम क्यासब्याक र तेश्रो पुुरस्कार ‘इसेवा वालेट’मा एक हजार रिवार्ड प्वाइन्ट प्रदान गरिने पनि बताइएको छ ।

 यो योजना यहि कात्तिक २० गतेसम्म मात्र लागु हनेछ । ‘इसेवा’ले यसअघि दशैँलाई लक्षित् गर्दै ‘दशैँ धमाका’ उपहार योजना सार्वजनिक गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?