१३ चैत्र २०७९, सोमवार

कीर्ते गरेर रकम झिकेको खुलासा

२०७४,कार्तिक,१,बुधबार १५:११

0
Shares

दार्चुला, १ कात्तिक – राष्ट्रिय वाणिज्य बैंक दार्चुला शाखा कार्यालयबाट खातावालको दस्तखत कीर्ते गरेर रकम झिकेको तथ्य खुलेको छ ।राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)को खाता नं २२३९ बाट निवर्तमान अध्यक्ष नारायण जोशीले सचिव कमलराज जोशीको कीर्ते दस्तखत गरी रकम झिकेका हुन् । शोभा अवस्थीको नाममा खिचिएको चेक भदौ २१ गते साटिएको पाइएको छ । उक्त चेकको रकम रु १९ हजार ८०० रहेको छ ।सोही दिन रु आठ हजार र रु २२ हजार ५०० का अन्य दुई वटा चेकसमेत साटिएका छन् । तर उक्त दुवै चेकमा भने सचिव जोशीले दस्तखत गरेको बताइएको छ ।नियोकका नामले सञ्चालित उक्त खाता अध्यक्ष र सचिवको संयुक्त दस्तखतबाट सञ्चालित थियो । कीर्ते दस्तखत गरी खाताबाट रकम झिकेको आफूलाई डेढ महिनापछि मात्र थाहाभएको सचिव जोशीले बताए ।नियोकलाई स्वेच्छाचारी, एकलौटी एवं मनोमानी ढंगले सञ्चालन गर्दै आइरहेको आरोप उनीमाथि छ । उनी गैैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्षसमेत हुन् ।खाताबाट रकम झिकेकोबारे थाहा पाएपछि सचिव जोशीले बैंकमा गई खाताको विवरण मागेका थिए ।यता, रावा बैंकले भने कीर्ते दस्तखत गर्ने अध्यक्ष जोशीलाई तत्काल उक्त रकम फिर्ता गर्न आग्रह गरिएको बैंकका शाखा प्रबन्धक त्रिचन्द्र भण्डारीले जानकारी दिनुभयो । अध्यक्ष जोशीले आफू नेपालगन्जमा रहेको र यही कात्तिक ५ गते सोही खातामा रकम फिर्ता गर्ने वचन दिएको बैंकले जनाएको छ

प्रकाशित मिति: २०७४,कार्तिक,१,बुधबार १५:११

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६