भक्तपुरमा लागुऔषधसहित एकजना पक्राउ

लोकपथ
63
Shares

भक्तपुर । प्रहरीले मध्यपुर थिमि नगरपालिका-१ लोकन्थलीस्थित आँखा अस्पताल नजिकबाट लागुऔषध एकजनालाई पक्राउ गरेको छ ।

प्रहरी प्रभाग बालकोट भक्तपुरबाट खटिएको प्रहरी टोलीले सिराहा लहान नगरपालिका-४ घर भई हाल ललितपुर बस्ने वर्ष २३ को रमेशकुमार आनन्दलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत राजु पाण्डेले जनाए ।

उनलाई नाइट्राभेट ६०० सय थान ट्यावलेट लागुऔषधसहित नियन्त्रणमा लिएको उनको भनाइ छ । उनलाई प्रहरी वृत्त ठिमी भक्तपुरमा राखी थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ। लागुऔषध विक्रीवितरण तथा ओसारपसार हुँदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?