सिन्धुपाल्चोक–२ मा कांग्रेससहितकाे गठबन्धनलाई जिताउन राप्रपा परित्याग गरेँ– फणिन्द्र दाहाल

राप्रपाका क्षेत्रीय अध्यक्ष दाहालसहित दर्जनौँ कार्यकर्ता कांग्रेसमा प्रवेश

लोकपथ
1.1k
Shares

काठमाडौँ । हालै नेपाली कांग्रेस प्रवेश गरेका राप्रपा सिन्धुपाल्चोक २ का निवर्तमान क्षेत्रीय उपाध्यक्ष फणिन्द्र दाहालले सिन्धुपाल्चोक–२ मा मोहन बस्नेतलाई जिताउन राप्रपा परित्याग गरेको बताएका छन् । आइतबार एक कार्यक्रमकाबीच नेपाली कांग्रेस प्रवेश गरेका दाहालले १० वर्ष एमालेले जित्दा सिन्कोसमेत नभाँचेकाले अब कांग्रेस जिताउन आएको बताएका हुन् ।

‘म २०४८ सालदेखि निरन्तर राप्रपामा लागेँ अहिले आएर मलाई कांग्रेस पार्टी नै ठीक रहेछ भन्ने लाग्यो,’ पार्टी प्रवेशसँगै दाहालले भने, ‘सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा १० वर्ष एमालले चुनाव जित्दा सिन्कोसमेत भाँचेन । अब मोहन बस्नेतले चुनाव जितेमात्र हाम्रो क्षेत्रको विकास हुन्छ भन्ने लागेर कांग्रेस प्रवेश गरेको हुँ ।’

त्यसैले अब कांग्रेससहितको गठबन्धनलाई जिताउन आफ्नो तर्फबाट कुनैपनि कसर बाँकी नराख्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

दाहालसँगै दर्जनौँ नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक २ का उम्मेदवार मोहनबहादुर बस्नेतले स्वागत गरेका हुन् ।

बस्नेतले दाहालसहित राप्रपाका जिल्ला सदस्य योगेन्द्र सिग्देल, जिल्ला सदस्य दीपक थापा, जिल्ला सदस्य राजन धिताल, जिल्ला सदस्य सुरज घले, मेलम्ची नगर कमिटि उपाध्यक्ष टेकबहादुर तामाङ, युवा नेता कुमार बस्नेत, अनिल सापकोटा, अनिल चौलागाईं लगायतलाई स्वागत गरेका हुन् । त्यस्तै, नेकपा एमालेका नेता धु्रव तिवारी पनि कांग्रेस प्रवेश गरेका छन् ।

पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसका निवर्तमान केन्द्रिय सदस्य तथा पूर्व गृहराज्य मन्त्री विष्णु विक्रम थापा, नेपाली कांग्रेस महासमिति सदस्य तथा निवर्तमान जिल्ला सभापति विकाश लामा लगायतले स्वागत गरेका थिए ।

सिन्धुपाल्चोक २ मा बस्नेतको मूख्य प्रतिस्पर्धीका रुपमा नेकपा एमालेका नेता शेरबहादुर तामाङ छन् । त्यस्तै, प्रदेशतर्फ गठबन्धनका तर्फबाट (क)मा माओवादीका युवा नेता युवराज दुलाल ‘शरद’ छन् भने प्रदेश ख मा कांग्रेसका युवा नेता कृष्णकुमार तामाङ ‘समिर’ छन् । उनीहरुको प्रतिस्पर्धाको रुपमा प्रदेश क मा एमालेका अमानसिंह तामाङ छन् भने ख मा हस्त पण्डित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?