पार्टनरसँग झगडा हुन्छ? अपनाउनुस् यी टिप्स

शायद यो कुनै हैरानीको कुरा हैन कि, अहिले विवाहित जोडीबीच प्रेमको कमी हुँदै गएको छ । पछिल्लो समाजले यही चित्रण गरेको छ । बिहेको पवित्र बन्धन एउटा महत्त्वपूर्ण जीवनको बाटो हो । धेरैले त कम उमेरमै बिहे गर्ने गर्छन् ।

जब दुईले एकअर्काको जीवन गुजार्ने निर्णय गर्ने गर्छन् । त्यसपछि धेरै कुराको सम्झौता गर्नुपर्ने हुन्छ । आफ्नो बन्धनलाई मजबूत बनाउन जोडी सक्षम पनि हुनुपर्छ ।

साथै रोमान्टिक जीवनमा उसको चमकलाई बनाएर राख्नका लागि धेरैको कुराको ख्याल गर्नुपर्ने हुन्छ । विवाह यस्तो कुरा हो कि, एक अर्कालाई केयर गरिएन भने पुरानो हुँदै जान्छ ।

पार्टनरको गुणको तारिफ गर्ने गर्दा र गल्तीलाई इशारा गर्ने गर्नुस् । यसो गर्दा सम्बन्ध झन् सुधार हुँदै जान्छ । साथै पार्टनरको सही आलोचना र सुझावलाई पनि सहजै स्वीकार्ने गर्नुस् ।

यदि शब्दमा मनको कुरा शेयर गर्न सक्नुहुन्न भने हाउभाउको पनि सहारा लिन सक्नुहुन्छ । बडी ल्याङ्ग्वेजकै माध्यमबाट पनि तपाईं आफ्नो पार्टनरसँग कति नजिक हुनुहुन्छ भन्ने छुट्याउन सकिन्छ ।

एउटा सानो मुस्कान दिँदा पनि विवाहित जोडी अझै बढी खुशी हुन सक्छ । एउटा सामान्य मुस्कानले पनि हजारौं शब्दमा व्यक्त गर्ने खुशी दिन सक्छ । आफ्नो जोडीलाई डेटपछि धन्यवाद लेखेर नोट दिने गर्नुस् । यसो गर्दा पूरै दिन मायामय हुनेछ ।

प्रेम रेडिमेड हुँदैन । यसलाई सधै सजाएर राख्न पनि सक्नुपर्छ । सधै साथीलाई जस्तो व्यवहार गर्नुभयो भने बदलामा तपाईंले पनि प्रेम पाउनुहुनेछ ।

यस्तै सप्ताहमा एक दिन एकअर्कालाई समय दिनुस् । टिभी, कम्प्युटर, सेलफोन, फेसबूक, ट्वीटरदेखि टाढा रहनुस् । शेयरिङको केही समय बेडरुममा बिताउनुस् । यसले पनि माया बढाउन अझै भूमिका खेल्नेछ ।

प्रेममा एकको मात्र हैन, दुईको मायाको उत्तिकै जरुरी हुन्छ । तर, पहिले पार्टनरको इच्छालाई महत्त्व दिने गर्नुस् । यसो गर्दा एकले अर्कालाई खुशी राख्न सकिनेछ । र जीवन अझै सुखमय हुनेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?