हामीलाई जनताको साथ छ : उम्मेदवार राई

लोकपथ
7
Shares

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी कास्की क्षेत्र नम्बर १ का उम्मेदवार राजु रार्इले आफूहरुलाई सहयोग मिलेको बताएका छन् । सबै ठाउँमा हामीलाई सकारात्क हौसाला मिलेको उनले बताएका हुन् ।

उनले आफूहरुलाई सबैले स्वागत गरेको बताउँदै घरदैलो तथा भेटघाटको अन्तरालमा मोहोरिया टोल वडा नम्बर ३१, खुदि डुङ्गेपाटन ३०, पावरहाउस २७, सैनिक बस्ति २९ मा सबैको विचार सकारात्मक देखिएको जानकारी दिए ।

जनता अन्य पार्टीले दिएको आश्वासले मात्र पनि आतिएको बताउँदै आफूहरुले विकासको योजना लिएर आएको थाहा पाएपछी स्वागत गरेको राजुले बताए । पुराना पार्टीले जनतालाई दुःख दिएका कारण स्वतन्त्र पार्टीको उदय भएको उनको भनाइ छ ।

आफूले ठूला एजेन्डा नबोकेको तर जनताको देनिकी र जिवनसँग जोडिएर दीर्घकालिन योजनालाई लिएर अघि बढेको उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?