‘गजल मुशायरा’ : अष्ट्रेलियादेखि नुवाकोटसम्म

काठमाडौं । आगामी कात्तिक २० गते  प्रदेश नम्बर ३ को नुवाकोटमा  “गजल मुशायरा” को नवौ संस्करण हुने भएको छ । 

 विदूरस्थित एक होटलमा  हुने ‘गजल मुशायरा’ मा प्रभाती किरण, पुरु लम्साल, कपिलदेव खनाल, जयदेव गोविन्द, आशिक भट्ट, ईश्वर पौडेल, कविन्द्र घिमिरे, मनु विद्रोही, प्रमिला परि, पुस्कर अधिकारी, श्रीधर पाण्डे, राजकुमार पुत्ला, सुमित्रा सुमि, देउती ददीर्घायु र माधव घिमिरेले गजल बाचन गर्ने कार्यक्रम रहेको छ । 

यस्तै सुशील सिंह ठकुरी, बैकुण्ठ अधिकारी, लक्ष्मी स्याङ्तान र सिद्धान्तराज परियारले गजल गायन प्रस्तुत गर्ने छन् भने रिता थापाको गजलमा नृत्य रहने गजल मुशायरा नुवाकोटका कार्यक्रम संयोजक ईश्वर पौडेलले जानकारी दिए ।

 गजल मुशायराको आठौं संस्करण भने यही नोभेम्बर ४ मलेसियामा हुँदैछ ।

अष्ट्रेलियाको सिड्नीमा सन् २०१४ देखि गजल प्रेमीहरुले गजल वाचन कार्यक्रम “गजल मुशायरा” को सुरुवात गरेका थिए । 

सिड्नीमा पाँच वटा संस्करण भइसकेको गजल मुशायरा ब्रीबेसनमा  २०१७ र गत जुन २०१८ मा एलिलेड संस्करण सम्पन्न भैसकेको छ ।  ‘गजल मुशायरा’ गजल गायन र वाचनको यौटै मञ्च हो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?