सिटिजन बैंकले २ अर्ब ५० करोडको ऋणपत्रको रेटिङ गर्‍यो

काठमाडौं । सिटिजन बैंकले दुर्इ करोड ५० लाख रुपैयाँको ऋणपत्रको रेटिङ गराएको छ।

इक्रा नेपालले गरेको क्रेडिट रेटिङको आधारमा उक्त ऋणपत्रले ‘इक्रा एनपि एल ट्रिपल बि प्लस’ प्राप्त गर्न सफल भएको हो ।  

बैंकले ९ प्रतिशत व्याजदरमा आगामी २०८५ सालसम्मको अवधि रहने गरी ऋणपत्र निष्कासन गर्ने तयारी गरेको बताइएको छ । 

बैंकले यस अगाडि ५० करोड रुपैयाँको ऋणपत्रको निष्कासन पनि पुनः रेटिङ गरेको हो । ८ दशमलब ५ प्रतिशत व्याजदरको यो ऋणपत्रको समयावधि आगामी २०७७ सालसम्म रहने छ  । बैंकले आफ्नो ‘पोर्टफोलियो’ बढाउँदै लगेको हुँदा व्यवसाय वृद्धिको लागि ऋणपत्र  चाँडै निष्कासन गर्ने पनि बताएको छ । 

अन्य बैंक तथा वित्तीय संस्थासँगको प्रतिस्पर्धालार्इ मध्यनजर गर्दै बैंकिङ तरलताको समाधानको लागि बैंकहरुले ऋणपत्रलार्इ बलियो माध्यम बनाउने गरेका छन्।

गएको दुई आर्थिक वर्षमा बैंकको ‘पोर्टफोलियो’ २० प्रतिशतले वेद्धि भएको छ । तर, समग्रमा बैंकिङ क्षेत्रको ‘पोर्टफोलियो’को वृद्धि २३ प्रतिशत मात्र रहेको छ। बैंकको खराव कर्जा १ दशमलब २५ प्रतिशत रहेको छ । त्यस्तै समग्र बैंकिङ क्षेत्रको खराव कर्जा भने १ दशमलब ४१ प्रतिशत छ।

यता गएको दुर्इ वर्षमा बैंकिङ क्षेत्रको निक्षेप १८ प्रतिशतले बढेको छ भने बैंकको १४ प्रतिशत मात्र वृद्धि भएको देखिएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?