राप्रपाको घोषणा पत्र सार्वजनिक, प्रदेश संरचना खारेज गर्नुपर्ने एजेण्डा (पूर्णपाठ)

लोकपथ
84
Shares

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन केन्द्रित घोषणा पत्र सार्वजनिक गरेको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले चुनावी घोषणा पत्र सार्वजनिक गरेका हुन् ।

राप्रपाले एक व्यक्तिलाई दुई कार्यकालभन्दा बढी पार्टीको अध्यक्ष र प्रधानमन्त्री जस्ता कार्यकारी पदमा बस्न नपाउने कानुन बनाउने विषय घोषणापत्रमा उल्लेख गरेको छ ।

राप्रपा घोषणापत्रमा प्रदेश खारेजी, संघीय र स्थानीय तहलाई बलियो पार्नुपर्ने र प्रदेश संरचना खारेज गर्नुपर्ने मुद्दालाई अगाडि सारिएको छ ।

राप्रपाले प्रतिनिधिसभा र प्रदेशसभाको मंसिर ४ गते हुन गइरहेको निर्वाचनका लागि केही स्थानमा एमालेसँग तालमेल गरेको छ भने अधिकांश ठाउँमा एक्लै उम्मेदवार उठाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?