टोरिनोसँग मिलान पराजित

लोकपथ
77
Shares

काठमाडौं । साविकको विजेता एसी मिलान इटालियन सिरी ए अन्तर्गत आइतबार राति टोरिनोसँग २-१ को अप्रत्यासित हार बेहोर्न पुगेको छ ।

यस हारसँगै मिलानले शीर्ष स्थानको नेपोलीसँगको अंकदुरी कम गर्ने अवसर गुमाएको हो ।

खेलमा सुरुआती अग्रता टोरिनोले नै लियो । ३५औं मिनेटमा कोफी डिजीडिजीको गोलमा टोरिनोले अग्रता लियो । त्यसको दुई मिनेटपछि नै एलेक्से मिरानचुकले टोरिनोको अग्रता दोब्बर पारेका थिए ।

६७औं मिनेटमा जुनियर मेसियासले गोल गर्दै मिलानलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर, त्यसपछि कुनै गोल सम्भव भएनन् ।

यससँगै मिलानको १७ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ । यसक्रममा मिलानले १२ खेल जितेको थियो भने पाँच खेल बराबरीमा टुङ्गाएको थियो ।

मिलान १२ खेलमा २६ अंकसहित तेस्रो स्थानमा छ । जुन शीर्ष स्थानको नेपोलीभन्दा ६ र दोस्रो स्थानको एट्लान्टाभन्दा एक अंकले कम हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?