रसफोर्डको गोलमा युनाइटेडको जित

लोकपथ
154
Shares

काठमाडौं । मार्कोस रसफोर्डको निर्णायक गोलमा म्यानचेस्टर युनाईटेडले प्रिमियर लिग फुटबलमा वेस्टह्याम युनाईटेडलाई १-० अन्तरले पराजित गरेको छ ।

आइतबार राति रसफोर्डले खेलको ३८औं मिनेटमा गरेको गोल निर्णायक बन्दा म्यानचेस्टरले महत्वपूर्ण तीन अंक हासिल गरेको हो ।

जितसँगै युनाईटेड १२ खेलबाट २३ अंक जोड्दै पाँचौस्थानमा उक्लिएको छ । वेस्ट ह्याम १३ खेलबाट १४ अंक सहित १३औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?