जिरोनासँग रियल मड्रिडको बराबरी

लोकपथ
169
Shares

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा आइतबार राति भएको खेलमा महारथि क्लब रियल मड्रिड जिरोनासँग १-१ गोलको बराबरीमा रोकिएको छ ।

घरेलु मैदान सान्टियागो बर्नाबेउमा अग्रता जोगाउन नसक्दा रियलले दोस्रो स्थानको बार्सिलोनासँगको दूरी बढाउन सकेन ।

पहिलो हाफ गोलरहित बराबरीमा समाप्त हुँदा खेलको ७०औं मिनेटमा भिनीसियस जुनियरले अग्रता दिलाएका थिए । तर, ८०औं मिनेटमा क्रिस्टियन स्टुआनीले गोल गर्दै जिरोनाको हार टारे । रियल अन्तिम समयमा १० खेलाडीमा सिमित भएको थियो । उसका टोनी क्रुसले रातो कार्ड पाएका थिए ।

यद्यपि, रियल १२ खेलमा ३२ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । जिरोना १० अंक जोडेर १६ औं स्थानमा छ ।

राति नै भएको अर्को खेलमा एथलेटिको क्लबले भिल्लारियललाई १ ० ले पराजित गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?