आजदेखि सेयर कारोबार सुरु हुने, अब कता जाला सेयर बजार ?

लोकपथ
104
Shares

काठमाडौं । एक सातादेखि बन्द रहेको सेयर कारोबार आजबाट खुला हुने भएको छ । तिहार तथा छठको उपलक्ष्मा सरकारले सार्वजनिक बिदा दिएकाले ७ कात्तिकदेखि सेयर बजार बन्द रहेको थियो । ६ कात्तिकमा अन्तिम कारोबारको दिन नेप्से सूचक १८५८.४९ विन्दुमा बन्द भएको थियो ।

यसै विन्दुलाई आधार मानेर आजबाट सेयर कारोबार सुरु हुनेछ । कम्पनीले धमाधम लाभांश घोषणा गर्न थालेका छन् । प्रथम त्रैमासको रिपोर्ट पनि आउन थालेको छ । यस्तो अवस्थामा अब सेयर बजार कता जाला भनेर चासो रहेको छ । तिहार अघिको अन्तिम दिनको कारोबारमा भने बजार सकारात्मक बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?