२०७५, १४ कार्तिक बुधबार ०७:३७

मंसिर २ गतेदेखि किसान माइक्रोफाइनान्सले ५० प्रतिशत हकप्रद निष्कासन गर्ने


प्रकाशित मिति : २०७५, १४ कार्तिक बुधबार ०७:३७

काठमाडौं । आगामी मंसिर २ गतेदेखि पुष ८ गतेसम्म किसान माइक्रोफाइनान्सले चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद  निष्कासन गर्ने भएको छ।

माइक्रोफाइनान्सले कात्तिक १३ गतेसम्म कायम शेयरधनीहरुको लागि प्रतिशेयर एक सय रुपैयाँको दरमा २ लाख ४० हजार २ सय ५० कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको हो । 

हकप्रद आवेदनका लागि सुन्धारास्थित सिभिल क्यापिटल, किसान माइक्रोफाइनान्सका सबै शाखा कार्यालयहरु, सिभिल बैंकका शाखा कार्यालयहरु तथा नेपाल धितोपत्र बोर्डबाट आस्वा सुविधा प्रदान गर्न अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु रहेका छन्।

हकप्रद निष्कासनसँगै माइक्रोफाइनान्सको चुक्ता पूँजी ७ करोड २० लाख रुपैयाँ पुग्नेछ। जसअन्तर्गत ६० प्रतिशत संस्थापक तथा ४० प्रतिशत सर्वसाधारणको रहेको छ । 

प्रतिक्रिया दिनुहोस