उम्मेदवारी खोरेजीविरुद्ध तोसिमा कार्की भोलि अदालत जाने

लोकपथ
119
Shares

काठमाडौं । उम्मेदवारी खारेज भएसँगै कानुनी उपचारका लागि डा. तोसिमा कार्की भोलि सोमबार अदालत जाने भएकी छिन् ।

ललितपुर क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएकी कार्कीको शनिबार निर्वाचन आयोगले उम्मेदवारी खारेज गरिदिएको थियो ।

उनले उम्मेदवारी दर्ताका लागि पदबाट राजीनामा दिए पनि नेपाल मेडिकल काउन्सिलको केन्द्रीय सदस्यको रुपमा रहेको र त्यहाँबाट बैठक भत्ता बुझ्ने गरेको भन्दै आयोगले उम्मेदवारी खारेज गरेको थियो ।

कार्कीले गत भदौ २८ गते नै आयोगलाई त्यसबारेमा स्पष्ट पारिदिन पत्र लेखेका थिइन् । तर आयोगले गैरजिम्मेवार ढंगले आफ्नो उम्मेदवारी खारेज गरिदिएको भन्दै अदालत जान लागेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?