भोलि एकैदिन ३ राजनीतिक दलले घोषणापत्र सार्वजनिक गर्दै

लोकपथ
77
Shares

काठमाडौं । आगामाी निर्वाचनका लागि सबै राजनीतिक दलहरुले घोषणापत्र सार्वजनिक गर्ने अन्तिम तयारी गरेका छन् ।

भोलि (सोमबार) एकैदिन तीन वटा राजनीतिक दलले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्न लागेका छन् ।

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले घोषणापत्र सार्वजनिक गर्न लागेका हुन् ।

निर्वाचनको मिति नजिकिए पनि राजनीतिक दलले घोषणापत्र र प्रतिबद्धता भन्दा पनि मतदाता भेटघाटलाई बढी जोड दिँदै आएका छन् ।

यसअघि नेपाली कांग्रेसले शनिबार आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । यता नेकपा एमालेले भने घोषणापत्र सार्वजनिकको अन्तिम तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?