लोकपथ टप फिप्टिन : हेर्नुहोस् देशविदेशका मुख्य १५ समाचार (भिडियोसहित)

लोकपथ
0
Shares

१. उम्मेदवार लक्षित सञ्चालन भइरहेको ‘नो नट अगेन’ अभियानबारे चौतर्फी चासो, अभियान सञ्चालित फेसबुक ग्रुप र पेजहरुमाथि अंकुश लगाउने निर्वाचन आयोगको तयारी, आयोगको निर्णय असंवैधानिक भएको भन्दै सर्वसाधारणदेखि संविधानविद्सम्मले जनाए विरोध ।

२. आगामी निर्वाचनपछि गोरखाले देश र प्रदेशको नेतृत्व पाउने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको दाबी, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री र सुरेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने जिकिर ।

३. सडक निर्माणका क्रममा मृत्यु भएका दार्चुलाका बालक पवन महराको परिवारलाई भारतीय निर्माण कम्पनीले दियो १६ लाख क्षतिपूर्ति, घटनालाई लिएर नेपालले पठायो भारतलाई कुटनीतिक नोट ।

४. पाल्पाको रामपुरबाट गोरखाको मनकामनातर्फ जाँदै गरेको बस नवलपरासीपूर्वको मथारमा दुर्घटना, दुर्घटनामा परि ५ जनाको मृत्यु, ३० जना घाइते, घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर ।

५. राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भोलि घोषणापत्र सार्वजनिक गर्ने, समानुपातिक सांसद मन्त्री हुन नपाउने व्यवस्था घोषणा पत्रमा समेट्ने तयारी ।

६. एमाले गण्डकी प्रदेशले गर्यो मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक, सुशासन, समृद्धि र समाजवादको आधार गण्डकी प्रदेशमा एमालेको सरकार भन्ने नारा ।

७. केपी शर्मा ओलीले संविधानलाई खोस्टोमा परिणत गराउने दुस्साहस गरेको नेकपा एमालेका पूर्वउपमहासचिव घनश्याम भुसालको टिप्पणी, नेपाली जनताले ठूलो रगत र पसिना बगाएर ल्याएको संविधानको बर्खिलापमा ओली लागेको आरोप ।

८. भैरहवाबाट उडान नगरेपछि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई सरकारले गर्यो कारबाही, काठमाडौंबाट हुने उडानमा समेत कटौती ।

९. रुपन्देही–३ प्रतिनिधिसभा सदस्य उम्मेदवार एवम् गृहमन्त्री बालकृष्ण खाँणको ६७ बुँदे संकल्प पत्र सार्वजनिक, खाँडलाई राष्ट्रिय जनमुक्ति पार्टीले समर्थन गर्ने घोषणा ।

१०. नेपाल सरकार र भारत सरकारबीच भएको जीटूजी सम्झौता अनुसार युरिया मल नेपाल आउँदै, ३ साता भित्र ३० हजार मेट्रिक टन रासायनिक मल नेपाल आइपुग्ने ।

११. चालू आर्थिक वर्षको तीन महिनाको अवधिमा नेपालले गर्यो ४ खर्ब ९९ करोड ८३ लाख रुपैयाँको आयात, सोही अवधिमा ४१ अर्ब रुपैयाँको वस्तु निर्यात ।

१२. सयोलमा शनिबार राति ह्यालोविन कार्यक्रममा भएको भागदौडमा १ सय ५१ जनाको मृत्यु भएसँगै राष्ट्रपति युन सुक–योलद्वारा दुःख व्यक्त, दक्षिण कोरियामा आइतबार राष्ट्रिय शोक घोषणा ।

१३. ट्विटरको पूर्ण स्वामित्व लिएका एलन मस्कले दिए ट्वीटरका कर्मचारीहरुलाई निकाल्ने आदेश, ट्विटरको नीतिमा पनि परिवर्तन गर्न आग्रह ।

१४. अष्ट्रेलियामा जारी टी–२० विश्वकप अन्तर्गत सुपर १२ को खेलमा बंगलादेश र पाकिस्तान विजयी, जिम्बावे बंगलादेशसँग ३ रन तथा नेदरल्याण्ड्स पाकिस्तानसँग ६ विकेटले पराजित ।

१५ र, आजदेखि सुरु भएको पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई १ सय ९२ रनले हरायो, अर्को खेलमा त्रिभुवन आर्मी क्लबलाई ५६ रनले हराउँदै एपीएफको सुखद सुरुवात ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?