किसानको ४६ करोड नतिर्ने व्यापारी राकेश अग्रवाल गृहको निर्देशनमा पक्राउ

काठमाडौं । वर्षौंदेखि उखु किसानको रकम नतिर्ने व्यापारी राकेश अग्रवाललाई प्रहरीले प्रकाउ गरेको छ । प्रहरीले आज (बुधवार) काठमाडौंको त्रिपुरेश्वरस्थित उनको निवासबाट अग्रवाललाई पक्राउ गरेको हो ।

गृहमन्त्रालयले जनाएअनुसार उखु किसानको झण्डै ४६ करोड रुपैयाँ नतिरेको भन्दै किसानहरुको दिएको जाहेरीका आधारमा अग्रवाललाई प्रकाउ गरिएको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि मन्त्रालयले अग्रवाललाई पक्राउ गरिदिन गृह मन्त्रालयलाई आग्रह गरेको थियो । जिल्ला प्रशासनको ताकेतापछि पैसा नतिरेको भन्दै अग्रवाललाई गृहले नै निर्देशन दिएको हो ।

राकेश अग्रवालले नवलपरासीमा इन्दिरा सुगर एण्ड एग्रो प्रालिले ८ करोड र अन्नपूर्ण सुगर मिल्स प्रालि सर्लाहीका तर्फबाट ३८ करोड भुक्तानी गर्नुपर्ने भए पनि तिरेको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?