फोटोफिचर : गौरिघाटमा यस्तो देखियो छठको रौनक

लोकपथ
78
Shares

काठमाडौं । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइएको छ ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो ।

काठमाडौंको गौरीघाटमा छठ पूजा भव्य रुपमा मनाइएको छ ।

छठ पूजाका लागि अधिकांश व्रतालुहरू राति पूजा स्थानमै बस्छन् भने ग्रामीण क्षेत्रका व्रतालुहरु साँझ घर फर्कछन्, र भोलिपल्ट बिहानै घाटमा गएर उदाउँदो सूर्यलाई अर्घ्य दिने गर्छन्।

काठमाडौंका विभिन्न स्थानसहित विशेषगरी तराईमा यो पर्व विशेष गरि मनाइने गरिन्छ । नेपालीहरुको मुख्य चाडपर्वको रुपमा रहेको छठ पछिल्लो समय तराईमा मात्र नभएर देशैभर हर्षोल्लासका साथ मनाइँदै आइएको छ ।

यो पर्व मनाउँदा चर्मरोग निको हुने, पुत्रलाभ, आर्थिक समृद्धि तथा सुख, शान्ति प्राप्त हुने जनविश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?