निर्वाचन : अपांगता भएका व्यक्तिलाई के छ व्यवस्था ?

लोकपथ
49
Shares

काठमाडौं । निर्वाचन आयोग नेपालले आगामी निर्वाचनमा अपांगता भएका व्यक्तिहरुलाई प्राथमिकतामा राखेर मतदान गर्ने तयारी गरेको छ ।

आइतबार एक सूचना जारी गर्दै आयोगले सो बारेमा जानकारी गराएको हो ।

आयोगका अनुसार दृष्ट्रिविहिन वा शारिरीक अशक्तता भएका वा कुनै कारणले आफैँ मत संकेत गर्न नसक्ने भई मतदाताले एकाघरको परिवारका सदस्यलाई मतदान अधिकृतको अनुमतीमा मत हाल्न पाउने व्यवस्था गरेको छ । सो अवस्थामा मतदान अधिकृतले अनुमती दिनुपर्ने आयोगले जनाएको छ ।

यसअघिका निर्वाचनमा भन्दा पनि आयोगले आगामी मंसिर ४ को निर्वाचनमा अपांगता भएका व्यक्तिहरुलाई थप सहजता प्रदान गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?