१३ चैत्र २०७९, सोमवार

हामी कार्तिक ५ गते नै सरकार छाड्छौं, समर्थन फिर्ता हुन्छ : मन्त्री शाही

२०७४,कार्तिक,१,बुधबार ११:०१

0
Shares

काठमाडौं, १ कार्तिक । बिना बिभागीय मन्त्री महेन्द्रबहादुर शाहीले यही कार्तिक ५ गते सरकारबाट बाहिरिने स्पष्ट पारेका छन् ।रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री शाहीले आफूहरुलाई सरकारमै बसिरहने कुनै चाहना नरहेको स्पष्ट पारेका हुन् । उनले भने,‘हामी चुनावको सुनिश्चितताको लागि मात्रै सरकारमै बसेका हौं, होईन भने हामीलाई विनाविभागीय भएर सरकारमै बसिरहन चाहाँदैनौं।’क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले प्रधानन्त्री शेरबहादुर देउवाले चुनाव सार्ने संकेत देखाएको भन्दै आफूहरु मनोनयनको मितिसम्म सरकारमा बिना विभागियकै रुपमा भएपनि बस्ने स्पष्ट पारे ।शाहीले भने,‘प्रधानमन्त्रीले ठूलो गल्ती गर्नुभएको छ, संसद नभएको बेला र हामीले सरकारलाई दिएको समर्थन कायम राखेको बेलामा मन्त्रीहरु थप्नुभयो, मन्त्रीहरुका गाडीले काठमाडौमा जाम हुने स्थिति भयो, हामीलाई एक मिनेट सरकारमा बस्ने रहर छैन्, हामी यही कार्तिक ५ गतेसम्म सरकारमा बस्छौँ त्यसपछि सरकार छोड्छौँ।’आफूहरु मृत्यसँग जितेर आएको बताउँदै मन्त्री शाहीले तोकिएको समयमा प्रधानमन्त्रीले निर्वाचन नगरे र चुनाव सार्ने रणनीतिमा लागेको खण्डमा सरकार र सडकबाट आन्दोलन थाल्ने चेतावनी समेत दिए।उनले भने,‘हामी मृत्युसँग जितेर आएका मानिस हौ, हामी सत्ताको लागि होईन मुलुकको हितका निम्ति बाँचेका मानिस हौँ, संघियता बिरोधी, धर्मनिरपेक्षा बिरोधिजस्ता तत्वहरुलाई सरकारमा सामेल गराएर चुनाव सार्ने काम हामीलाई स्विकार्य हुँदैन।’मन्त्री शाहीले वाम गठबन्धन राजनीतिक स्थिरताको लागि भएको समेत स्पष्ट पारे । उनले भने,‘स्थानीय तहको पहिलो चरणको निर्वाचनमा कुनै पार्टीको बहुमत आएन, फेरीपनि केन्द्र र प्रदेशको निर्वाचनमा पनि प्रष्ट बहुमत नआउने पक्का छ, त्यसैले नै हामीले ठुलो गृहकार्यबाट वाम एकताको बहस गरेका हौँ।’वाम एकताको कुराबाट देशी तथा विदेशी शक्तिहरुको निद्रा भंग भएको टिप्पणी गर्दै मन्त्री शाहीले भने,‘वाम एकताको नाममा देशलाई स्थिरता र समृद्धितर्फ लैजान नदिने देशी तथा विदेशी शक्तिहरुको निद्रा भंग भएको छ, उहाँ सुतेपनि नसुतेपनि हाम्रो एकता मुलुकको लागि हो, लोकतन्त्रको लागि हो,कुनै छलकपट लुकाएर गर्न खोजिएको एकता होईन।’प्रधानमन्त्री देउवाले त तोकिएकै समयमा निर्वाचन हुन्छ भन्दा तपाईहरुले विश्वास नगर्नुको कारण के हो नि रु भनेर पत्रकारले सोधेको प्रश्नको जवाफमा मन्त्री शाहीले भने,‘हामीलाई शंका छ, तोकिएको समयमा चुनाव नगर्ने रणनीति बन्दैछ भन्ने हामीले सुन्यांै त्यसैले हामी सरकारमा बसिरहने निर्णय गयौँ, यदि प्रधानमन्त्रीले तोकिएको समयमा निर्वाचन गर्नुभयो भने उहाँ सफल नेता हुनुहुनेछ, ईतिहासले उहाँलाई सम्मान गर्नेछ, उहाँले समयमै निर्वाचन गर्न सक्नुहुन्छ भन्नेमा हामी विश्वस्त छौँ।’

प्रकाशित मिति: २०७४,कार्तिक,१,बुधबार ११:०१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६