काठमाडौं । निर्वाचनको मिति नजिकिँदै जाँदासमेत प्रमुख दलहरूले मतदातासमक्ष चुनावी घोषणापत्र लैजान सकेका छैनन् । निर्वाचन आयोगले मतदानको १७ दिनअघिदेखि मात्रै चुनावी सभा गर्न अनुमति दिएकाले दलहरूले घोषणापत्र सार्वजनिक गर्न ढिलाइ गरेका हुन् ।
सत्तागठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले भने शनिबार नै संकल्प पत्र सार्वजनिक गरेको छ । अहिलेसम्म कांग्रेस, विवेकशील साझा पार्टी र नेपाल समाजवादी पार्टीले मात्र घोषणापत्र सार्वजनिक गरेका छन् ।
एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, राप्रपालगायतका दलले भने घोषणापत्र सार्वजनिक गरेका छन् ।
माओवादी, एकीकृत समाजवादीले भने सोमबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेका छन् ।
एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले सोमबार पार्टी अध्यक्ष माधवकुमार नेपालले घोषणापत्र सार्वजनिक गर्ने बताए ।
माओवादी केन्द्रले पनि सोमबारकै दिन संकल्प पत्र सार्वजनिक गर्ने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया