आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं । सरकारले ६ महिनादेखि ५ वर्षसम्मबा बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइँदै छ । 

बुधबार र बिहीवार ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइँदै छ भने १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागेको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ देखि २३ महिनाका बालकालिकाहरुलाई सुक्ष्म पोषकतत्व ‘बालभिटा’ पनि वितरण गरिने छ भने पोषण कार्यक्रम लागू भएका जिल्लाका बालबालिकाको पोषणस्थिति थाहा पाउन पाखुराको नापसमेत लिइने छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन जनशक्ति परिचालन गरिएको जानकारी दिएको छ । 

भिटामिन ‘ए’ क्याप्सुल वितरण केन्द्रमा लगेर खुवाउन मन्त्रालयले आग्रह समेत गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?