कोरोना अपडेट : थप २० जनामा संक्रमण पुष्टि

लोकपथ
13
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा गरिएको कुल १ हजार ८४ परिक्षणबाट नेपालमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पीसीआर विधिबाट ९ र एन्टिजेन विधिबाट ११ जना गरि कुल २० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि शून्य छ । त्यस्तै, सो अवधिमा कोरोना विरुद्धको खोप लगाउनेको संख्या मन्त्रालयमा उपलब्ध नभएको उल्लेख गरिएको छ ।

आज ३४ जना संक्रमण मुक्तहुँदा देशभरमा अब सक्रिय संक्रमितको संख्या ५ सय ५२ मा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?