पीपीएल क्रिकेट : धनगढीले टस जितेर फिल्डिङ रोजेपछि चितवनले ब्याटिङ गर्दै

पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत आजको पहिलो खेल चितवन राइनोज र एक्स्पर्ट धनगढी ब्लुजबीच प्रतिस्पर्धा भइरहेको छ । 

बुधबार बिहान ९ बजेदेखि पोखरा क्रिकेट मैदानमा धनगढीले टस जितेर फिल्डिङ रोजेपछि चितवनले अहिले ब्याटिङ गरिरहेको छ ।

आजको शुरु खेलमा कप्तान पारस खड्काको टिम चितवन राइनोजलाई आजको खेल जित्नै पर्ने दबाव छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?