भारतबाट ३० हजार मेट्रिक टन रासायनिक मल आउँने

लोकपथ
52
Shares

काठमाडौं । मंसिर महिनाको पहिलो साता भारतबाट ३० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्रने भएको छ । कृषि सामाग्री कम्पनी लिमिटेडका अनुसार अबको ३ साताभित्र भारतबाट ३० हजार मेट्रिक टन युरिया मल आयात हुने बताइएको छ।

नेपाल सरकार र भारत सरकारबीच भएको जीटूजी सम्झौताअनुसार उक्त परिमाणको युरिया मल आयात हुने भएको हो । कार्कीले जीटूजीमार्फत आउन लागेको मलले गहुँ, उखु र मकैको खेतीमा प्रयोग हुने जानकारी दिए । नेपालमा मल ल्याउनका लागि भारततर्फको सरकारी राष्ट्रिय केमिकल फर्टिलाइजर कम्पनीले जिम्मेवारी पाएको छ । यो कम्पनीले अबको १ महिना भित्रमा भारतबाट नेपालको बोर्डरदेखि २५ किलोमिटर भित्रसम्म रहेका गोदामसम्म मल ल्याइदिने छ ।

विश्व बजारको तुलनामा भारतबाट आउन लागेको मलको मूल्य नै केही सस्तो रहेको कृषि सामाग्री कम्पनी लिमिटेडले जनाएको छ । भारतबाट आउन लागेको मल प्रति मेट्रिक टन ७ सय ४२ अमेरिकी डलर खरिद मूल्य पर्ने र यो विश्व बजारको तुलनामा सस्तो रहेको लिमिटेडले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?